×

NMB BANK
NIC ASIA

फुटको संघारमा जसपा

जसपा विवादको खास कुरा- तीन सांसदको आसमा बाबुराम, वीरगञ्जबाट नयाँ बाटो सोझ्याउँदै उपेन्द्र

असार १९, २०७९

NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्जमा बोलाएको केन्द्रीय समिति बैठकलाई डा. बाबुराम भट्टराई पक्षले अवैधानिक भनेको छ । 

Muktinath Bank

कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले असार २७ र २८ गते बोलाएको बैठकलाई संघीय परिषद् अध्यक्षसमेत रहेका डा. भट्टराई पक्षले अवैधानिक भनेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भट्टराई समूहले उक्त बैठक बहिष्कार गर्ने तयारी गरेको छ । भट्टराई निकट जसपाका एक कार्यकारिणी सदस्यले बैठक बहिष्कार गर्ने तयारी भए पनि औपचारिक निर्णय भने नभएको बताए । 


Advertisment
Nabil box
Kumari

'उपेन्द्रजीले बोलाउनु भएको बैठकलाई हामीले अवैधानिक भनेका छौं,' ती सदस्यले लोकान्तरसँग भने, 'यद्यपि हामीसँगै आउनुभएका केही सांसदहरूले के गर्ने भन्ने कुरा प्रस्ट रुपमा व्यक्त गरिनसक्नुभएकाले हामी केही दिन कुरिरहेका छौं ।'

Vianet communication

प्रदीप यादव, इस्तियाक राईलगायतका सांसदहरूले भट्टराईको साथ छाडेको भए पनि महिन्द्रराय यादव, राजकिशोर यादव, अमृता अग्रहरिलगायतका सांसदहरू भट्टराई समूहमै छन् । 

'हामीसँग रहनु भएका तीन जना सांसदहरूले पनि के गर्ने भन्ने विषयमा आ-आफ्नो गृह जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग छलफल गरिरहनु भएको छ,' भट्टराई निकट ती नेताले भने, 'उहाँहरू पनि सल्लाह, छलफल गरिरहनु भएको छ, उहाँहरूले के गर्ने भन्ने कुरा प्रस्ट्याएपछि हाम्रो समूहको औपचारिक बाटो पनि तय हुन्छ ।' 

असार २७ गते सम्म ती सांसदहरू आधिकारिक जसपामा जाने वा नजाने भन्ने कुरा प्रस्ट हुने उनले बताए । 'उहाँहरू यदि हामीसँगै आउनुहुन्छ भने उहाँहरूले पनि केन्द्रीय समितिको बैठक बहिष्कार गर्नुहुन्छ,' उनले थपे, 'बैठकमा सहभागी हुनुभएछ भने त्यसपछि उहाँहरू बाहेक हामी आफ्नो बाटो लाग्छौं ।' 

भट्टराई पक्षले यसो भनिरहँदा वीरगञ्जको बैठकबाट अध्यक्ष यादवले पनि आफ्नो बाटो सोझ्याउँदैछन् । 

बाबुरामकै 'कोर्ट'मा बल

अध्यक्ष उपेन्द्र यादवले जसलाई जसपा छोडेर जान मन लाग्छ गए हुन्छ भनेर प्रस्ट भनिसकेका छन् । उपेन्द्रले आफ्नो तर्फबाट विचार प्रस्ट्याइसकेका छन् । अब निर्णय उपेन्द्रले होइन बाबुरामले मात्र गर्न बाँकी छ । 

भट्टराई निकट एक अर्का नेताले पनि बल अब भट्टराईकै 'कोर्ट'मा रहेको स्वीकार गरे । 'उपेन्द्रजीले त प्रस्ट रुपमा भनिसक्नु भएको छ, जसलाई बस्नु छ बसे हुन्छ, जानु छ गए हुन्छ,' उनले भने, 'त्यसकारण निर्णय गर्ने हामीले नै हो । बल अब हाम्रै कोर्टमा छ ।' 

जसपामा अब सँगै रहन नसकिनेमा आफूहरू प्रस्ट रहेको उनले खुलाए । पूर्व नयाँ शक्ति हुँदादेखि नै भट्टराईलाई नेता मानेकाहरूले अब सँगै बस्न नसकिने निष्कर्ष निकालिसकेको उनको भनाइ छ । 

'जसपामा रहेका तर हामीसँगै 'अलायन' हुनुभएका नेताहरूले आफ्नो कित्ता प्रस्ट पार्ने बित्तिकै हामीले पनि आफ्नो निर्णय गर्छौं,' भट्टराई निकट ती नेताले भने । 

नयाँ पार्टी दर्ता गर्ने सम्भावना

भट्टराईले अब के गर्ने भन्ने प्रश्नमा नयाँ पार्टी नै दर्ता गरेर जाने सम्भावना बढेको ती नेताले बताए । समाजवादी केन्द्र बनाउने विषयमा माओवादी केन्द्रसहित अन्य दलका नेताहरूसँग छलफल जारी रहे पनि त्यसको सम्भावना न्यून रहेको उनले खुलाए । 

'भट्टराईजीले 'कम्युनिष्ट' को ट्यागलाई हटाएर माओवादी केन्द्र जस्तै समाजवादी केन्द्र बनाउनुपर्छ भन्ने शर्त राख्नुभएको छ,' उनले थपे, 'तर उहाँहरू 'कम्युनिष्ट' शब्दलाई हटाउन नसकिने भनिरहनु भएको छ । त्यसकारण अन्य वामपन्थी पार्टीहरू वा माओवादीसँगै समाजवादी केन्द्र बनाउने सम्भावना न्यून भइसकेको छ ।' 

नेकपा माओवादी केन्द्र होस् वा नेकपा एमाले, नेकपा एकीकृत समाजवादीलगायतका दलहरू आफूलाई नै असली 'कम्युनिष्ट' हो भन्ने दाबीसहित 'ब्राण्डिङ' गरिरहेको अवस्थामा कम्युनिष्ट बेगरको समाजवादी केन्द्र बन्न नसक्ने अवस्था बनेको उनको भनाइ छ । 

त्यसो हो भने अबको अन्तिम एक मात्र विकल्प नयाँ पार्टी बनाएर शून्यबाट शुरुआत गर्ने दिशातर्फ भट्टराईले मन बनाइसकेको उनले खुलाए । 

'एउटा क्लिन पार्टी होस् जसले आउँदो प्रतिनिधि सभा र प्रदेश सभामा राम्रो जित हात पार्न नसके पनि आगामी ५ देखि १० वर्ष सम्ममा राम्रो पार्टीको रूपमा स्थापित हुन सकोस्,' उनले थपे, 'तत्काल हामीले अपेक्षित परिणाम हासिल गर्न नसकौंला तर केही वर्ष पछि देशको वैकल्पिक राजनीतिक शक्ति बन्न सक्नेछ ।' 

सौहार्दपूर्ण तरिकाले नै छुट्टिने विषयमा भट्टराई र उपेन्द्रबीच भद्र सहमति भइसकेको उनले बताए । 'हामी छुट्टिएर जाँदा हामीसँगै रहने सांसददेखि स्थानीय तहका निर्वाचित प्रतिनिधिलाई कारबाही नगर्ने भन्ने विषयमा दुवै नेताबीच 'जेन्टलम्यान अग्रिमेन्ट' भएको छ,' उनले भने, 'तर कारबाही गर्ने वा नगर्ने भन्ने विषय उपेन्द्रमा नै भर पर्छ ।'

जसपाबाट निर्वाचित भएका प्रतिनिधिलाई कारबाही गर्ने वा नगर्ने भन्ने विषय जसपा दाबी गर्ने नेताको हुने हुनाले त्यसका लागि पनि आफूहरू तयार रहेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x