१० साउन २०८३, आइतबार

वर्षासँगै चलेको हावाहुरीले हलेसी तुवाचुङमा लाखौँको क्षति

वर्षासँगै चलेको हावाहुरीले हलेसी तुवाचुङमा लाखौँको क्षति

वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लाखौँको क्षति पु¥याएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दै गरेको अवस्थाको मकैबाली सोत्तर बनाउँदा लाखौँको क्षति भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको छ । हावाहुरीले ११ वडा रहेको नगरपालिकाको अधिकांश ठाउँमा क्षति पु¥याएको नगरका प्रवक्ता एवं वडा नं ७ महादेविस्थानका कमल गिरीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्