०३ साउन २०८३, आइतबार

माओवादीको केन्द्रीय समितिमा लार्क्याल लामादेखि प्रचण्डका ज्वाइँसम्म (नामावलीसहित)

माओवादीको केन्द्रीय समितिमा लार्क्याल लामादेखि प्रचण्डका ज्वाइँसम्म (नामावलीसहित)


नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा रहने सदस्यहरुको संख्या बढाएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले थप केन्द्रीय सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ दिलाएका हुन् । गत महाधिवेशनमा माओवादीले २९९ सदस्य भन्दा बढी केन्द्रीय समिति सदस्य नबनाउने बताएपनि आइतबारसम्म आइपुग्दा यो संख्या निकै बढेको छ । 

माओवादीले विवादित व्यक्ति लार्क्याल लामादेखि अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्यसम्मलाई केन्द्रीय समिति सदस्य बनाएको छ । हालसम्म माओवादीमा ३७३ जना केन्द्रीय सदस्य पुगेका छन् भने त्यसमा नेताहरुका आफन्तहरुको संख्या उल्लेख्य रहेको छ । 

यस्तै माओवादीले ८६ जनालाई वैकल्पिक सदस्य बनाएको छ । माओवादीमा पद वितरण अपारदर्शी बनाएको भन्दै आइतबारको केन्द्रीय समिति बैठकमै कटाक्ष भएको थियो । बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले पद दिने मामिलामा नेतृत्व भावुक भएको भन्दै कसैले रोइकराइ गर्दैमा पनि भावनामा बगेर केन्द्रीय सदस्य बनाइदिने परिपाटी रहेको भन्दै व्यङ्ग्य गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्