१० साउन २०८३, आइतबार

अमेरिकाको औपचारिक भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति शर्मा

अमेरिकाको औपचारिक भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्मा लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । 

आइतवार स्वदेश फर्किएका शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

उनको सम्मानमा सोमवार जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

प्रधानसेनापति शर्माले असार ४ गतेदेखि ८ गतेसम्म लेबनानस्थित युनिफिल मिसनको अवलोकन गरेका थिए । त्यस्तै असार ८ र ९ गते सिरियास्थित यूएनडोफ मिसनको अवलोकनपछि शर्मा अमेरिका प्रस्थान गरेका थिए । 

शर्माले असार १३ देखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्