२४ जेठ २०८३, आइतबार

वाणिज्य बैंकहरूमा ३२ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने ९ अर्बले घट्यो

वाणिज्य बैंकहरूमा ३२ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने ९ अर्बले घट्यो

वाणिज्य बैंकहरूमा निक्षेप बढ्दा कर्जा प्रवाह भने घटेको छ। असार लागेपछिको १७ दिनमा बैंकहरूमा ३२ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने ९ अर्ब ऋणात्मक भएको छ। 

नेपाल बैंकर्स संघले जारी गरेको तथ्यांकअनुसार जेठ मसान्तको तुलनामा १७ असारसम्ममा क वर्गका वाणिज्य बैैंकहरूमा निक्षेप ४४ खर्बबाट बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। यो अवधिमा ऋण प्रवाह भने ४१ खर्ब ९३ अर्ब रूपैयाँबाट ९ अर्ब घटेर ४१ खर्ब ८४ अर्ब रूपैयाँमा झरेको छ। 

असार लागेपछि बैंकहरूमा निक्षेप लगातार बढिरहेको छ। जेठ ३१ को तुलनामा असार ३ मा ४३ खर्ब ९४ अर्ब, १० असारमा ४३ खर्ब ९८ अर्ब र १७ असारमा ४४ खर्ब ३२ अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ।

salt training

कमेन्ट गर्नुहोस्