×

NMB BANK
NIC ASIA

एकै परिवारका ६ जनाको हत्या गर्ने ४ जनालाई आजीवन कैदको सजाय

असार २१, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई जिल्ला अदालत संखुवासभाले आजीवन कैद सजायको फैसला सुनाएको छ । 

Muktinath Bank

जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले ६ जनाको हत्यामा संलग्नमध्ये ४ जनालाई आजीवन काराबासको सजाय हुने फैसला गरेको हो । ४ जनालाई आजीवन काराबासको सजाय सुनाइएको श्रेस्तेदार केदारप्रसाद गौतमले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएको थियो । १ जनाको हकमा नाबालक रहेकाले कम सजाय भएको गौतमले बताए । २५ वर्षलाई आधार मानेर दुईतिहाइ कैद हुने फैसला भएको छ ।


Advertisment
Nabil box
Kumari

आजीवन काराबासको सजाय सुनाइएकाहरूले बाचुञ्जेलसम्म कारागारमा बसेर कैद सजाय कटाउनुपर्ने गौतमले बताए । ४ जनाले मृतक परिवारको राहत कोषमा २–२ लाख रूपैयाँ क्षतिपूर्ति रकम समेत जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको छ । नाबालकले २ लाख रुपैयाँ समेत जम्मा गर्नु पर्दैन ।

Vianet communication
Laxmi Bank

नरेश कार्कीले १६ वर्ष ८ महिना मात्रै कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ । उनीविरुद्ध कर्तव्य ज्यानसँगै चोरी मुद्दा पनि चलाइएको थियो । हत्या गरेपछि मृतकको साथमा भएको मोबाइल नरेशले लिएर गएका थिए । त्यही अभियोगमा उनीविरुद्ध चोरी मुद्दा चलाइएको थियो ।

चोरी मुद्दामा पनि अदालतले उनलाई कसूरदार ठहर गर्दै १ वर्ष कैदको सजाय सुनाएको छ तर बालक भएकाले चोरीमा पनि उनले दुईतिहाइ मात्रै कैद भुक्तान गर्नुपर्ने अदालतले जनाएको छ । 

एकै परिवारका ६ जनाको हत्या गरिएको घटनामा ४९ वर्षीय रणबहादुर कार्की, छोराहरू २८ वर्षीय लोकबहादुर र १७ वर्षीय नरेश तथा ४७ वर्षीय खड्गबहादुर कार्की र उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । तीमध्ये रणबहादुर, लोकबहादुर, खड्गबहादुर र हस्तबहादुरलाई आजीवन काराबासको सजाय भएको छ । 

५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, पत्नी कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नातिनातिना ८ वर्षीय विपिन र ५ वर्षीया गोमा कार्कीको २०७८ भदौ २१ गते सामूहिक हत्या गरिएको थियो । व्यक्तिगत रिसइबीका कारण हत्या गरिएको थियो । हत्यामा संलग्नहरू तेजबहादुरकै दाजुभाइ हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x