३१ असार २०८३, बुधबार

वीरगञ्ज महानगरपालिकाले किसानको न्यूनतम विद्युत् महसुल तिरिदिने

वीरगञ्ज महानगरपालिकाले किसानको न्यूनतम विद्युत् महसुल तिरिदिने

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाभित्रका मुख्य पेसा कृषि बनाएका किसानको सिँचाइको न्यूनतम विद्युत् महसुल तिरिदिने भएको छ। 

आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम तथा बजेटमा  मासिक रूपमा बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्ताको महसुल पनि महानगरपालिकाले नै तिर्ने वार्षिक नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ। यसैगरी वीरगन्ज महानगरलाई शैक्षिक ‘हब’को रूपमा विकास गरिने पनि योजना अघि बढाइएको छ।

छोरीलाई शिक्षित र आत्मनिर्भर बनाउन महानगरका ग्रामीण वडामा कन्या विद्यालय र क्याम्पस स्थापनाको पहल अघि बढाइने नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए। महानगरका ३२ वटै वडालाई सडक सञ्जालमार्फत् जोड्न चक्रपथको निर्माण गरिने कार्यक्रम पनि नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ।

वीरगन्ज महानगरको एकीकृत सहरी विकास योजना बनाई त्यही अनुसार सहरी विकास कार्यलाई अगाडि बढाइने योजनासमेत समावेश गरिएको छ। वडा नं ३० र ३१ मा रहेको गुठी संस्थानको ६५० बिघा जग्गा भाडामा लिएर पूर्वाधारसहितको औद्योगिक क्षेत्र स्थापना गर्न प्रक्रिया अघि बढाइने जनाइएको छ। रासस
 

salt training

कमेन्ट गर्नुहोस्