२४ असार २०८३, बुधबार

अश्लील भिडियो बनाउने युट्युबर पक्राउ

अश्लील भिडियो बनाउने युट्युबर पक्राउ

अश्लीलता फैलाउने किसिमका भिडियो बनाएको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । 

नेपाल प्रहरीको साइबर ब्युरोले ‘फोर रियल टीभी’ नामक युट्युब च्यानलका सञ्चालक नुवाकोट बेलकोटगढी–७ महादेवफाँट घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुले बस्ने २२ वर्षीय प्रवेश लामालाई सोमवार पक्राउ गरेको हो । 

उनीमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको ब्युरोले जनाएको छ । 

ब्युरोका अनुसार लामाले अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने किसिमका भिडियोहरू बनाएर युट्युबलगायतका सामाजिक सञ्जालमा पोस्ट् गर्ने गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्