१४ असार २०८३, आइतबार

मौद्रिक नीतिमार्फत् शेयर कर्जा नियन्त्रण नगर्न स्टक ब्रोकर एशोसियसनको सुझाव

मौद्रिक नीतिमार्फत् शेयर कर्जा नियन्त्रण नगर्न स्टक ब्रोकर एशोसियसनको सुझाव

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले मौद्रिक नीतिमार्फत् शेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिएका छन् । 

आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले दुई दिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्दै अध्यक्ष मैनालीले यस्तो बताएका हुन् । 

उनले शेयर बजारमा लगानी गर्न बैंकबाट लिने कर्जाले आर्थिक गतिविधिलाई चलायमान बनाउने भएकाले राष्ट्र बैंकले शेयर कर्जामा धेरै नियन्त्रण गर्न नहुने बताए । 

अध्यक्ष मैनालीले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर कर्जामा ४/१२ को क्याप लगाएकाले बजारमा समस्या आएको बताए । उनले आगामी मौद्रिक नीतिमा शेयर कर्जामा ४/१२ को क्यापलाई हटाउनुपर्ने बताए । 

अध्यक्ष मैनालीले शेयर कर्जामा सीमा लगाउने भन्दा पनि पहँुच र पावरको दुरुपयोग गरेर कर्जा लिएर बजारमा चलखेल गर्नेलाई कारबाही नियन्त्रण गर्नुपर्नेमा सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने बताए । 

अध्यक्ष मैनालीले मर्जर तथा प्राप्तिका कारण शेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिए ।

salt training

कमेन्ट गर्नुहोस्