३० असार २०८३, मंगलबार

युरोप पठाउने भन्दै ६३ लाख ठगी गर्ने युवती पक्राउ

युरोप पठाउने भन्दै ६३ लाख ठगी गर्ने युवती पक्राउ

युरोप पठाउने भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २७ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा नुवाकोट विदुर नगरपालिका-७ की दिया भन्ने शोभा पौडेललाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार पौडेलले प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्छ भनेर ९ जनाबाट ६३ लाख २० हजार रूपैयाँ ठगी गरेकी थिइन् । 

न्यूजिल्याण्डमा मासिक १ लाख ७० हजार रूपैयाँ कमाइ हुने भन्दै पैसा उठाएको उनीमाथि आरोप लागेको छ । 

अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभागले गरेको पत्राचारका आधारमा पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्