२२ असार २०८३, सोमबार

चीनले बनायो संसारको पहिलो हाइपरसोनिक विमान

असार २२, २०७९
चीनले बनायो संसारको पहिलो हाइपरसोनिक विमान

चीनले हाइपरसोनिक विमानको सफल विकास तथा परीक्षण गरेको छ । 

यो संसारको पहिलो हाइपरसोनिक विमान हो । 

यसलाई विकसित गर्ने चिनियाँ विश्वविद्यालयलाई अमेरिकाले प्रतिबन्ध लगाएको थियो । त्यसले गर्दा विश्वविद्यालयका कर्मचारी र विद्यार्थीहरूले अमेरिकी बौद्धिक सम्पत्ति भएको हार्डवेयर र सफ्टवेयर किन्न पाएका थिएनन् । 

चीनले दुईवटा हाइपरसोनिक विमान परियोजनामा काम गरिरहेको छ ः फेटियान १ र नानछ्याङ १ ।

नानछ्याङ १ उडान र अवतरण गर्न सक्ने विमान हो । यो हाइपरसोनिक क्षेप्यास्त्र हैन । 

यसको परीक्षण उडान सन् २०२५ सम्म जारी रहनेछ । त्यसपछि ध्वनिको भन्दा ६ गुणा गतिमा उड्ने यात्रुवाहक विमान बनाउने काम थालिनेछ । 

फेटियान १ पनि हाइपरसोनिक विमान हो, रकेट हैन ।

यसलाई बनाउने नर्थवेस्टर्न पोलीटेक्निकल विश्वविद्यालयको टोलीले यस विमानमा रहेका रकेट र हावा खाने इन्जिनहरूले ध्वनिको भन्दा पाँच गुणा बढी गतिमा विमान उडाउनेछन् । 

अमेरिकाले पनि एक्स–१५ हाइपरसोनिक विमान बनाएको छ तर त्यो उडान र अवतरण गराउन मिल्ने खालको छैन । त्यसलाई बी–५२ बमवर्षक विमानबाट लोन्च गर्नुपर्ने भएकाले प्राविधिक रूपमा यो क्षेप्यास्त्र हो । यो विकसित हाइपरसोनिक क्षेप्यास्त्र समेत हैन ।
 

salt training

कमेन्ट गर्नुहोस्