१४ असार २०८३, आइतबार

नेपाल–भारत झुलाघाट नाका खुल्यो

नेपाल–भारत झुलाघाट नाका खुल्यो
फाइल फोटो

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुलेको छ । 

नाका बुधवार अपराह्न ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

महाकाली नदीमाथिको रहेको उक्त पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मतका लागि मंगलवार साँझदेखि बन्द गरिएको थियो । भारत सरकारले निर्माण गरेको पुल भारतीय पक्षले नै मर्मत गरेको हो ।   

पुल मर्मतपछि नाकामा आवतजावत समेत सञ्चालनमा आएको छ । यसअघि पुलको लक भाँचिएको सूचना प्राप्त भएपछि दुवै देशका सुरक्षा निकायले मंगलवार दिउँसो पुलको अवलोकन तथा निरीक्षण गरेपश्चात् मर्मत गर्ने सहमति भएको थियो । 

पुल जीर्ण भएको कारण पुल मर्मत नगरी सञ्चालनमा ल्याउँदा थप जोखिम सिर्जना हुनसक्ने विषयलाई मध्यनजर गर्दै पुलबाट हुने सबै आवागमन रोकेर मर्मत गरिएको हो । वर्षाैं पुरानो झोलुङ्गे पुल बेलाबेला मर्मत गरिँदै आएको छ । तत्कालको लागि काम दिने गरी मर्मत भएको पुलमा जोखिम भने कायमै छ ।

ब्रिटिसको पालामा बनेको पुल १८३० बाट सञ्चालनमा आएको थियो । पुरानो काठको पुल भारतीय पक्षले बेलाबेला कामचलाउको लागि मर्मत गरे पनि पूर्णरुपले मर्मत हुन सकेको छैन । 

झुलाघाटको महाकाली नदीमा मोटरेबल पुलको आवश्यकता भए पनि अहिलेसम्म मोटरेबल पुलको काम अघि बढ्न सकेको छैन । नाकामा मोटरेबल पुलको माग गर्दै बैतडीवासी ३८ दिन लामो रिले अनशन बसेका थिए तर उक्त मागको कुनै सुनुवाइ भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्