×

NMB BANK
NIC ASIA

राजनीति

देउवा आफैंले राखे अर्थ मन्त्रालय, फेरि सम्भव छ जनार्दनको ‘कमब्याक’ ?

असार २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

यसअघि डा मिनेन्द्र रिजालले रक्षा मन्त्रीबाट राजीनामा दिँदा पनि देउवाले आफैँ सो मन्त्रालय राखेका थिए । ७ महिना बितिसक्दा पनि रक्षा मन्त्रालयमा नयाँ मन्त्री आएका छैनन् भने देउवाको नयाँ निर्णय लिने सुरसार पनि छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री देउवा तत्काल नयाँ अर्थमन्त्री पनि नियुक्त गर्ने मनस्थितिमा देखिएका छैनन् । शर्माबारे छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन दिएपछि मात्रै आवश्यक निर्णय हुने नेताहरु बताउँछन् ।


Advertisment
Nabil box
Kumari

मंगलबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्ताकै क्रममा शर्मालाई राजीनामा गर्न लगाउने तर छानबिन समितिको प्रतिवेदन नआउँदासम्म तत्काल नयाँ अर्थमन्त्री नियुक्ति नगर्ने समझदारी भएको माओवादी केन्द्रका एक नेताले बताए ।  

Vianet communication
Laxmi Bank

छानबिन समितिको प्रतिवेदनले गल्ती औंल्याएन भने पुनः शर्मा नै अर्थमन्त्री बन्ने सम्भावना रहेको नेताहरु बताउँछन् । 

यसैबीच माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि फेरि शर्मा नै अर्थमन्त्री बन्नसक्ने बताएका छन् ।

बुधवार संसद बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग पुनले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताए । 

अहिले तत्काल माओवादी केन्द्रबाट कोही पनि अर्थमन्त्री नबन्ने बताउँदै उनले छानबिन सकिएपछि शर्मा नै अर्थमन्त्री भएर आउने बताए । 

‘संसदीय छानविनको लागि सहज होस भनेर उहाँले राजीनामा गर्नु भएको हो, माओवादीबाट अर्को मन्त्री बन्ने सम्भावना छैन’, माओवादीका एक शीर्ष नेताले भने, ‘संसदीय छानविन समितिबाट सफाई पाएपछि उहाँ नै पुनः अर्थमन्त्री नियुक्त हुनुहुनेछ ।’

के भन्छन् शर्मा ? 
शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् । संसद बैठकमा राजीनामा दिएको घोषणापश्चात् संसद बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन् ।

शर्माले छानबिन समितिले गरेको छानबिनबाट आउने कुराले आफूले गरेको आत्मविश्वास प्रष्ट हुने बताउ । उनले स्थापित मूल्य,मान्यता,विधि, पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण गरेको उल्लेख गरे । 

शर्माले बजेट निर्माणमा अनैतिक काम भयो भनेर जनतामा भ्रम सिर्जना गर्ने काम भएकाले छानबिनपछि जनतामा भएको भ्रम हट्ने विश्वास व्यक्त गरे । 

अर्थमन्त्री शर्माले बुधवार संसद बैठकमा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x