×

NMB BANK
NIC ASIA

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्यबद्र्धक रहेछ भन्ने बुझ्न थालेपछि धेरैले सेवन गर्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सातु आफैंमा सन्तुलित पोस्टिक आहार भएका कारण बच्चादेखि बुढाबुढी सबैलाई उत्तम मानिएको छ । सातु परम्परागत रूपमा महीसँग खाने गरिन्थ्यो भने पछिल्लो समय तातो या चिसोपानी, तातो या चिसो दूधसँग मात्र नभई विभिन्न फलफूलको रस या दहीसँग समेत खान थालिएको छ । कर्न फ्लेक्स, मुस्ली, चोकोज ओट्स जस्ता पूर्ण रूपमा प्रोसेसिङ गरेर तयार गरिएको परिकारभन्दा सातु कैयौ गुणा स्वास्थ्यबद्र्धक हुने हुँदा यसको क्रेज दिनानुदिन बढ्दो छ ।


Advertisment
Nabil box
Kumari

सातुमा भिटामिन, मिनेरल्स, क्याल्सियम, प्रोटिन र फाइबर समेत पर्याप्त पाइने हुँदा सबै उमेर समूहका लागि एक सन्तुलित आहारा मानिन्छ । पछिल्लोसमय विभिन्न व्यावसायिक समूहले सातुलाई राम्रो बजार लिन फरक रेसिपी गरेर लोभ्याउन थालेका छन् ।

Vianet communication
Laxmi Bank

काजु–बदाम जस्ता महंगा नट्स मिसाएर सातु बनाएको बजारमा र विज्ञापनहरूमा प्रस्ट देखिन्छ । सबैभन्दा स्वस्थकर सातु भनेको हाम्रो परम्परागत रूपमा बनाइने तरिका नै हो । जुन माटोको हाडीमा ग्रेन्स भुटेर ढुंगाको जातोमा पिसिन्थ्यो र ताजा–ताजा खाने गरिन्थ्यो । अहिले व्यावसायिक रूपमा बनाइने सातुहरू धेरै दिन बजारमा रहने हुँदा यसको आयुमा धेरै कमी आएको हुन्छ । बोराका बोरा मशिनमा पिसिने हुँदा बजारको सातुमा फाइबर पनि कमै पाइन्छ ।

सातु एकैदिन पटक–पटक खानु राम्रो मानिन्न र सुत्ने बेलामा पनि सातु नखाँदा राम्रो । सातु खाँदाखाँदै पटक–पटक पानी पिउनु पनि राम्रो होइन र चपाइरहनु पनि उत्तम होइन । मिठो भयो भनेर अत्याधिक सातु सेवन गर्नु पनि हानिकारक मानिन्छ ।

वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयामा जौको सातु र सर्वत खाने चाड नै परापूर्वकालदेखि चल्दै आएको छ । सातुको महत्त्व आयुर्वेदमा समेत प्रस्ट पारिएको छ । सातुलाई कण्ठरोग, नेत्ररोग, भोक, प्यास, थकान, उल्टी, बन्दघाउ आदि नासक भनेर उल्लेख गरेको छ । नियमित सातु सेवन गर्नेलाई मधुमेह, कुष्ठरोग, क्षयरोग नहुने बताइएको छ ।

सातु कसरी बनाइन्छ ?

सातु बनाउन चाहिने सामग्रीःमकै ५०० ग्राम, भटमास ५०० ग्राम, गहुँ ५०० ग्राम, चना ५०० ग्राम, केराउ ५०० ग्राम, जौ ५०० ग्राम (अतिरिक्त), पानजिरा (स्वप) २ चिया चम्चा, रक साल्ट या वीरे नून स्वादअनुसार, आल्मन्ड ८० ग्राम, मुङ्गफली (बदाम) १२० ग्राम, कालो मरिच १ चिया चम्चा

सातु बनाउने विधि : उल्लेखित सम्पूर्ण गेडागुडीलाई राम्ररी पखालेर ड्राइ बनाई माटोको हाडी या बाक्लो कराइमा भुट्ने । केही चिसो हुनासाथ अन्य सामग्री हालेर जातो, घट्टो, ओखल या गल्यान्डरमा मसिनो गरी पिस्ने । चाल्नो या जालीमा छानेर सफा बोतल या डब्बामा एयर टाइट गरी राख्ने । नूनिलो रुचाउनेले वीरेनून या रक साल्ट हाल्ने वा गुलियो रुचाउनेले मिस्री या सख्खर हालेर तातो या चिसो दूध, चिसो या तातो पानी, दही या मही जेसँग पनि सेवन गर्न सकिन्छ ।

नेपाली सातु प्रयोग गरेर विभिन्न मिठाइ या लड्डुहरू पनि बनाउन सकिन्छ, जुन अन्य मिठाइको तुलनामा निकै स्वादिष्ट र स्वास्थ्यबद्र्धक पनि हुन्छ । माथि उल्लेखित सामग्रीबाहेक मल्टिग्रेन, हेल्दी मिक्स पाउडर जस्ता सातुहरू पनि निकै प्रसिद्ध छन् । स्यर्लेक्सभन्दा नि स्वास्थ्यबद्र्धक हेल्दी मिक्स पाउडर घरमै बनाएर आफ्ना बालबालिकालाई नियमित खुवाउन सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x