१० साउन २०८३, आइतबार

साउन ४ गते चुनावको मिति घोषणा हुन्छ- गगन थापा

साउन ४ गते चुनावको मिति घोषणा हुन्छ- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी साता प्रतिनिधि सभाको चुनाव घोषणा हुने बताएका छन् ।

साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने तयारी भएको उनले बताए । 

सोमवार ललितपुर क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा महामन्त्री थापाले चुनाव मिति घोषणा हुन बाँकी रहेको ८ दिनमा मतदाता नामावली संकलनको काममा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । 

‘साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्छ । मंसिरको ४ या ५ मा चुनाव हुन्छ । बाँकी रहेको यो ७-८ दिन मतदाता नामावली संकलनमा जुट्नुस्,’ थापाले भने ।  

महामन्त्री थापाले यसपटकको चुनावमा कांग्रेसले जनताको जीवनमा सुधार ल्याउने विश्वास दिलाउन सके जनताको मत र मन दुवै जित्ने बताए । महामन्त्री थापाले आज शुरु हुने केन्द्रीय समिति बैठकमा पार्टीलाई प्रभावकारी बनाउने विषयमा जमेर छलफल गर्ने बताए । 

‘हामी माथि चुक्यौँ भने त्यसको प्रभाव तल पनि पर्छ । भातृ संगठनको पदाधिकारी टुंगाउनेलगायत विषयमा सभापतिसँग हिजो पनि कुरा भएको छ, आज पनि छलफल गर्छौं,’ थापाले भने ।

salt training

कमेन्ट गर्नुहोस्