२७ जेठ २०८३, बुधबार

धौलागिरी लघुवित्तले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने

धौलागिरी लघुवित्तले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपिओ) निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते धौलागिरीलाई शेयर निष्काशन अनुमति दिएको थियो । 

अनुमति पाएपछि लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । साधारण शेयर निष्काशनको लागि लघुवित्तले सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रुपमा तोकको छ । 

धौलागिरीले जारी पूँजी १० करोड ३१ लाखको ३२ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको जनाएको छ । बागलुङमा मुख्य कार्यालय रहेको धौलागिरीले ४४ वटा शाखा कार्यालयहरु र २ वटा उपशाखाहरुमार्फत् कारोबार गर्दै आइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्