१० असार २०८३, बुधबार
छानबिनको दायरामा न्यायाधीश

लोकान्तर समाचार प्रभाव– हत्या आरोपीलाई सफाइ दिने न्यायाधीश भट्टराई सर्वोच्चमा तानिए

असार २७, २०७९
लोकान्तर समाचार प्रभाव– हत्या आरोपीलाई सफाइ दिने न्यायाधीश भट्टराई सर्वोच्चमा तानिए

धनुषा जिल्ला अदालतका न्यायाधीश डा. परशुराम भट्टराईलाई अनुसन्धानका लागि सर्वोच्च अदालतमा तानिएको छ ।

रंगेहात पक्राउ परेका हत्या आरोपीलाई सफाइ दिइएको सम्बन्धमा सबैभन्दा पहिला लोकान्तरमा समाचार प्रकाशित भएपछि न्यायाधीश भट्टराईलाई अनुसन्धानका लागि काजमा सर्वोच्च अदालतमा तानिएको हो ।

सर्वोच्च अदालत स्रोतका अनुसार जिल्ला न्यायाधीश भट्टराईलाई आजैदेखि सर्वोच्चमा काज सरुवा गरिएको पत्र धनुषा जिल्ला अदालतलाई पठाइएको छ ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले पनि त्यस कुराको पुष्टि गरेका छन् । 'जिल्ला न्यायाधीश भट्टराईलाई सर्वोच्च अदालतमा आज काज सरुवा गरिएको हो,' ढकालले लोकान्तरसँग भने ।

इजलास बहिष्कार गर्ने जनकपुर बारको निर्णय

यता नेपाल बार एसोसिएसन जनकपुरले पनि धनुषा जिल्ला अदालतका न्यायाधीश भट्टराईको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ ।

अधिवक्ता अनिल सदाका अनुसार आज बसेको जनकपुर बाराको बैठकले जिल्ला न्यायाधीश भट्टराईको इजलास अनिश्चितकालका लागि बहिष्कार गर्ने निर्णय भएको छ ।


त्यसै गरी उनले गरेका सम्पूर्ण विवादित फैसलाहरू संकलन गरेर छानबिनका लागि सर्वोच्च अदालत र न्याय परिषद् सचिवालयमा पठाउने निर्णय भएको उनले लोकान्तरलाई जानकारी दिए ।

जनकपुरका पेट्रोलपम्प व्यवसायी मनोज साहलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा रंगेहात पक्राउ परेका पंकज भनिने दामोदर चौधरीसहित ३ प्रतिवादीलाई भट्टराईले सफाइ दिएका थिए ।

त्यसैगरी हत्या, बलात्कार तथा लागूऔषधका मुद्दामा समेत उनले सफाई दिएको भन्दै जनकपुर बारले उनको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्