
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकार चौतर्फी असफल बन्दै गएको बताएका छन् ।
परमादेशपछिको एक वर्षमा सरकारले लिएको गलत नीतिका कारण देश अप्ठ्यारोमा परेको उनले दाबी गरे ।
सोमवार ललितपुरमा सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले राजनीतिक मूल्य मान्यताविपरीतको परमादेशको एक वर्ष हुन लागेको बताएका हुन् ।
‘विश्वमै नभएको परमादेशको भोलि एक वर्ष हुन्छ, राजनीतिक मूल्य मान्यता नभएको परमादेश,’ ओलीले भने ।
गत वर्ष असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट ओली प्रधानमन्त्रीबाट पदच्युत भएका थिए । ओलीले सरकारका गलत कामका कारण देश श्रीलंका बन्छ कि भन्ने चिनता बढेको बताए ।
‘अहिलेको अधोगतिमा ब्रेक नलगाए देश श्रीलंका भन्दा उँधो खस्न सक्छ,’ ओलीले भने ।