×

NMB BANK
NIC ASIA

चारमहिने उपसभामुखमा पुष्पाको पल्लाभारी, यस्तो छ संसदको समीकरण

असार ३०, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभाको उपसभामुख पदका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराईबीच प्रतिष्पर्धा हुने भएको छ । शुक्रवार बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा बैठकमा उम्मेदवारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरेपछि मतविभाजनमा गएर चुनाव हुनेछ । 

Muktinath Bank

प्रतिनिधिसभामा सत्ता गठबन्धनको बहुमत रहेकोले कांग्रेसकी भुसाल उपसभामुख बन्ने निश्चित जस्तै छ । प्रतिनिधिसभामा एमालेका ९७ सांसद छन् । एमाले उम्मेदवारको पक्षमा नेमकिपाका एक सांसद प्रेम सुवाल मात्र छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपसभामुख दाबी गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समेत सत्ता गठबन्धनतर्फ ढल्किने संकेत गरेको छ । लोसपाले उम्मेदवार उठाउन आनाकानी गरेपछि एमालेले सांकेतिक उम्मेदवारी दिएको थियो ।


Advertisment
Nabil box
Kumari

गठबन्धनको पक्षमा कांग्रेसका ६३, माओवादी केन्द्रका ५० (स्वतन्त्र छक्कबहादुर लामासहित), नेकपा एकीकृतका २४ (सोम पाण्डेसहित) तथा जसपाका २१ सांसद छन । 

Vianet communication

१३ सांसद रहेको लोसपाले समेत कांग्रेस उम्मेद्वारलाई समर्थन गर्ने सम्भावना छ । तत्कालीन नेकपाको एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नेस्थिति आएपछि २०७६ सालमा डा.शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गराएपछि पद रिक्त थियो । 

चुनावको मिति घोषणाको तयारी भइरहँदा निर्वाचित हुन लागेकी उपसभामुखको कार्यकाल छोटो हुनेछ । प्रतिनिधिसभा चुनावको उम्मेदवारी मनोनयनको दिनसम्म मात्र उपसभामुखको कार्यकाल हुनेछ । 

सरकारले मंसिर ४ गते चुनाव गर्नेगरी मिति घोषणाको तयारी गरेको छ । एमालेको तर्फबाट सांकेतिक उम्मेदवारी दिन लागेकी विद्या भट्टराईलाई भने राजनीतिक लाभ हुने देखिएको छ । 

कास्की २ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेकी विद्याको टिकट सुनिश्चित बन्ने एमाले स्रोतले बतायो । पति रवीन्द्र अधिकारीको निधन भएपछि २०७६ सालमा उनी उपनिर्वाचन जितेर संसदमा आएकी थिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x