२५ जेठ २०८३, सोमबार

खानेपानी आयोजनाका लागि बजेट अभाव हुँदैन : रामचन्द्र पौडेल

खानेपानी आयोजनाका लागि बजेट अभाव हुँदैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन खानेपानी आयोजनामा बजेट अभाव नहुने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१३ स्थित छाब्दी पम्पिङ खानेपानी आयोजनाको ट्यांकी निर्माण कार्यको बिहीवार निरीक्षण गर्दै वरिष्ठ नेता पौडेलले आयोजनामा बजेट अभाव हुन नदिने बताए ।

निर्धारित समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै पौडेलले आवश्यक परेको खण्डमा संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गरे । 

कांग्रेसको नेतृत्वमा विकास निर्माणको कामले तीब्रता पाएको बताउँदै नेता पौडेलले आगामी दिनमा यस क्षेत्रको विकासमा आफ्नो सदैव सहयोग रहने बताए । निरीक्षणका क्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका–१३ का वडाध्यक्ष बसन्तबहादुर आलेको सहभागिता थियो ।

गण्डकी प्रदेश सरकारको ५ करोड रुपैयाँ लागतमा ट्यांकी निर्माण भइरहेको छ । क्रमागत योजनाअन्तर्गत हालसम्म ३ करोड बजेट प्राप्त भएको छ । ७० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष भरत थापाले जानकारी दिए । ट्यांकी निर्माणपश्चात् पोखरीभञ्ज्याङका ७०० घरधुरीमा पानी वितरण गर्ने तयारी छ । त्यसका लागि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्