
कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । आज आयोजित एक कार्याक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका नौवटा पालिकाका ८२ वटै वडामा सबै नागरिकले सबै खोप पाएका कारण पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । नियमित पाउनुपर्ने सबै खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए ।