०९ साउन २०८३, शनिबार

हर्क साम्पाङसँग भेट्दै रविले राखे सहकार्यको प्रस्ताव

हर्क साम्पाङसँग भेट्दै रविले राखे सहकार्यको प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले धरानका मेयर हर्क साम्पाङसँग शुक्रवार भेटवार्ता गरेका छन् । 

मेयर साम्पाङको कार्यालयमा भएको भेटमा लामिछानेले सहकार्यको प्रस्ताव पनि राखेका छन् । 

‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको । मलाई पनि श्रमदानमा सहभागी हुने मन थियो तर, सकिएछ,’ लामिछानेलाई उद्धृत गर्दै दीपक बोहोराले फेसबुकमा लेखेका छन्, ‘जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला । सहकार्य जारी रहनेछ ।’

साम्पाङ स्वतन्त्र रुपमा धरानको मेयरमा निर्वाचित भएका हुन् । 

लामिछानेले पनि केही समयअघि मात्रै पार्टी दर्ता गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्