
सत्तारुढ गठबन्धनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अगाडि बढाउन सरकारलाई सहमति दिएको छ ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद्बाट पारित गरेर उक्त विधेयक सदनमा लैजान सरकारलाई सहमति दिएको हो ।
बैठकमा कानून मन्त्री गोविन्द बन्दीले सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय समुदायको चासो समेतलाई सम्बोधन गर्ने गरी विधेयक मस्यौदा तयार भएको ब्रिफिङ गरेका थिए ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरूको म्याद भोलिसम्म मात्र रहेको सन्दर्भमा गठबन्धनको बैठक बसेको हो ।