१९ असार २०८३, शुक्रबार

चिनियाँ टोली आउने र म भारत जाने कुराको कुनै सम्बन्ध छैन- प्रचण्ड

चिनियाँ टोली आउने र म भारत जाने कुराको कुनै सम्बन्ध छैन- प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको टोली नेपाल आएलगत्तै हुन लागेको आफ्नो भारत भ्रमणको कुनै सम्बन्ध नरहेको बताएका छन् । प्रचण्डले आफ्नो भ्रमण आकस्मिक नभएको पनि दाबी गरे । 

भारत भ्रमणमा जानुअघि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण सद्भावना भ्रमण रहेको र नेपाल-भारत सम्बन्धका विभिन्न आयाममा छलफल हुने बताएका हुन् । 

‘बाहिर आउँदा आकस्मिक जस्तो देखियो, मेरो भ्रमणको लागि डेढ दुई महिनाअघिदेखि नै कुरा भएको थियो । चिनियाँ कम्युनिस्ट नेता आउने जाने कुरामा कुनै सम्बन्ध छैन । अनावश्यक कन्फ्युजन कसैलाई नरहोस्,’ प्रचण्डले भने । 

सीपीसीका नेता लिउको नेपाल भ्रमण लगत्तै ‘आकस्मिक’ रुपमा प्रचण्डको भ्रमण हुन लागेको भन्दै राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा शुक्रवार दिल्ली प्रस्थान गरेका प्रचण्डले दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतलाई भेट्ने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्