
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् ।
चौथाइवालेलगायतका उच्च अधिकारीहरूले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार प्रचण्डलाई स्वागत गरेका हुन् ।
भाजपाका अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा शुक्रवार दिल्ली प्रस्थान गरेका प्रचण्डले दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतलाई भेट्ने कार्यक्रम छ ।

