२७ जेठ २०८३, बुधबार

गोलाप्रथा लागू भएपछि मुद्दा फर्स्याैट दर बढ्यो

गोलाप्रथा लागू भएपछि मुद्दा फर्स्याैट दर बढ्यो

उच्च अदालत पाटन हेटौँडा, इजलासले चालु वर्षमा लक्ष्यभन्दा धेरै मुद्दा फर्स्याैट गरेको छ । अदालतमा गोलाप्रथा लागू भएपछि मुद्दा फर्स्याैट गर्ने दर बढेको हो । 

गोलाप्रथा लागू भएपछि न्यायाधीशहरूसहित अदालतका कर्मचारीहरू १० बजे नै इजलासमा आउने र ११ बजेदेखि नै बेञ्च बस्ने गरेका लक्ष्य भन्दा धेरै मुद्दाको सुनुवाई भएको न्यायाधीश अब्दुल अजिज मुसलमानले जानकारी दिए । ‘गोलाप्रथा लागू भएपछि समयमै श्रीमानरू आउनुहुन्छ, जसले गर्दा धेरै मुद्दाको सुनुवाइ भएको छ’ शुक्रवार पत्रकारहरूसँगको अन्तरक्रियामा उनले भने, ‘हामीले यो वर्ष लक्ष्यभन्दा धेरै मुद्दा फर्स्याैट गर्‍यौँ ।’ 

आर्थिक वर्ष २०७८/७९का अनुमानित वार्षिक फछ्र्योट लक्ष्य एक हजार १९४ रहेकोमा एक हजार २८४ फछ्र्योट भएको अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टले बताए । उनले नयाँ दर्ता अनुमान एक हजार १४९ रहेको र लक्ष्य पुग्न बाँकी ९० थान रहेको बताए ।

न्यायाधीश मुसलमानले दुई वर्ष नाघेका चारवटा मुद्दा मात्र फछ्र्योट गर्न बाँकी रहेको जानकारी दिएका छन् । रित नपुगेको कारण चार मुद्दा फछ्र्योट हुन बाँकी रहेको जानकारी दिए । जसमध्ये एक अंग नपुगेको र एक सर्वोच्चमा विचाराधीन रहेको उनले जानकारी दिए । 

जुनसुकै बेलामा मुद्दाका विषयमा प्रवक्तासँग जानकारी लिन पत्रकारलाई आग्रह गर्दै न्यायाधीश मुसलमानले अदालतको सबै फैसला सार्वजानिक गर्ने गरेको प्रष्ट पारे । 

salt training

कमेन्ट गर्नुहोस्