×

X
Nic Asia
Marvel

‘पानी सफा होइन, शुद्ध पिउनुपर्छ’

कैलाली | साउन २, २०७९

NTC
Premier Steels
प्रतिकात्मक तस्वीर
British college
TVS INSIDE

कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का) को पानी प्रयोग गर्दै आइरहेकी छन् । हिउँद होस् या बर्सात सधैंजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने लाग्छ ।

DHARA
LAxmi BAnk

‘हेर्दा सफा लाग्छ, त्यही भएर नल्काको पानी पिउने गरेका छौं,’ उनले भनिन्, ‘धेरै वर्षदेखि नल्काकै पानी पिउँछौं, कसैलाई केही समस्या भएको छैन । बर्सातमा वर्षा बढी भएर वरिपरि पानी जम्दा भने अलि धमिलो आउँछ । धमिलो आए पनि त्यही पिउँछौं ।’


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भजनी नगरपालिका–५ पुलियापुर बाढी प्रभावित क्षेत्र हो । त्यहाँका वासिन्दा असार लाग्ने वित्तिकै हुलाकी सडक किनारामा पाल टाँगेर बस्ने गर्छन् । बर्सेनि असार लाग्दा सडकमा आउने र असोजको मध्यतिर फेरि बिग्रेको घर मर्मत गरी घर फर्कन्छन् । त्यहाँका १५ परिवारको बर्सातभरि सडकमै बास हुन्छ ।

नागरिकलाई शुद्ध पिउने पानी पिउन अपरिहार्य भए पनि उनीहरू पनि नल्काको पानी पिउने गरेका छन् । प्रभावित क्षेत्रकी रमा विकले सडकमा बस्दा शुद्ध पानी पिउन सम्भव नभएको बताइन् । ‘हुलाकी सडकमा बास छ, कसरी शुद्ध पानी पाउनु ?’ उनले भनिन्, ‘हामी त घाम, पानी, लामखुट्टेको टोकाइ सबै सहन सक्ने भएका छौं । बर्सातमा सर्प, किराको डर त्यतिकै छ ।’


Advertisment
Bizbazar
Saurya island

उनी बिरामी हुँदा मात्र उमालेको पानी पिउने गरेको बताउँछिन् । ‘सडककै किनारमा दाउरा बटुलेर आगो बालेर खाना पकाउँछौं, यहाँ दाउरा, अन्नकै समस्या छ,’ उनले भनिन्, ‘यस्तो बेला पानी शुद्ध पिउनुपर्छ भन्नेबारेमा ध्यान दिएर मात्रै पुग्दैन । हामी त भोक, प्यास मेटिए पनि रमाउँछौं ।’

टीकापुरकी सीता अधिकारीको परिवारले भने फिल्टरको पानी पिउने गरेका छन् । नल्काको पानी फिल्टरमा राख्ने, फिल्टर भएको शुद्ध पानीलाई बाल्टिङमा जम्मा गरी छोपेर राख्ने र आवश्यक परेका बेला त्यही पानी पिउने गरेको उनी बताउँछिन् । ‘घरमा फिल्टर जडान गरेका छौं, त्यही पानी पिउने गरेका छौं,’ अधिकारीले भनिन्, ‘पानीबाट धेरै रोग लाग्ने जोखिम हुने भएकाले हामी सचेत छौं ।’

Vianet communication
IME BANK INNEWS

कैलालीकै मीना जिसीका घरमा भने खानेपानीको धारा जडान गरिएको छ । अन्य कामका लागि धाराको पानी प्रयोग गरे पनि पिउनका लागि जारको पानी नै प्रयोग गर्दै आइरहेको उनी बताउँछिन् । ‘धाराको पानी खानयोग्य भनिएको छ तर कहिलेकाहीँ धमिलो, लेदो आउने भएकाले हामीले प्रशोधित पानी किनेर पिउने गरेका छौं,’ उनले भनिन् ।

लक्ष्मीनारायण पोख्रेलको परिवारले भने पानीलाई इलेक्टोनिक जगमा तताएर प्रयोग गर्दै आइरहेको छ । सानो परिवार भएकाले जति बेला चाहे पनि सजिलै तताएर खान मिल्ने र सुरक्षित हुने भएकाले पनि इलेक्टिक जगको प्रयोग गर्ने गरेको उनी बताउँछन् ।

‘मेरो घरमा १ वर्षको सानो बच्चा छ । हामी सबै परिवार वर्षभरि नै उमालेको पानी पिउँछौं,’ उनले भने, ‘आजभोलि उमालेको पानी अर्को भाडामा जम्मा गरेर चिसो बनाएर पिउँछौं । जाडो सिजनमा भने तातो पानी नै पिउने गरेका छौं ।’

पानीका कारण अधिकांश रोग लाग्ने गर्दछन् । शुद्ध पानीले धेरै रोग लाग्नबाट जोगिने भएकाले शुद्ध पिउने पानी नै प्रयोग गर्न टीकापुर अस्पतालका डाक्टर संवाद खरेलको आग्रह छ । ‘पानी शुद्धीकरण गर्ने विभिन्न विधिमध्ये जुन विधि अपनाएर भए पनि शुद्ध पिउने पानी नै प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘स्वस्थ जीवनका लागि शुद्ध पानी अपरिहार्य हो । पानी मात्रै पनि शुद्ध पिउने हो भने धेरैजसो रोगबाट बच्न सकिन्छ ।’

डाक्टर खरेल आजभोलि जताततै बर्सातको मौसममा पानीका मुहान दूषित हुने भएकाले पानी फिल्टर गरेर होस् यो उमालेर प्रयोग गरे पनि धेरै रोगबाट बच्न सकिने बताउँछन् । ‘मानिसको स्वास्थ्यका लागि शुद्ध पानी आवश्यक हुन्छ । मानिसलाई धेरै रोग फोहोर पानी पिउँदा लाग्ने गरेका हुन्छन् । पानी सफा देखिए पनि पानीमा नदेखिने किटाणु अथवा फोहोर हुनसक्छ,’ उनले भने, ‘पानी सफा मात्र भएर पुग्दैन, शुद्ध पानी पिउने कुरामा मानिस सचेत हुनुपर्छ ।’

Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ २५, २०७९

मोरङको सुन्दरहरैंचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन् ।  यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ ज...

भदौ १८, २०७९

यूके आर्मीमा जागिर खाने लक्ष्य लिएर मोरङको सुनवर्षी नगरपालिका–१ का गणेश राईले बिहान–साँझ नभनी ४ वर्ष मेहनत गरे तर उनको मेहनत खेर गयो ।  आर्मीमा जागिर खाने गरी देखेको सपना सधैंका लागि ...

भदौ २९, २०७९

प्राकृतिक विविधताले भरिपूर्ण बर्दिया राष्ट्रिय निकुञ्ज । उत्तरमा चुरे पहाड, दक्षिणमा तराईको समथर फाँट । निकुञ्जलाई मध्यभागमा पारेर पूर्वमा बबई नदीे अनि पश्चिममा कर्णाली बगेको छ । बीचमा जैविक विविधताले भरिपूर्ण प्...

असोज १, २०७९

मोफसलको पत्रकारिता अहिले जुन तहमा छ, त्यसमा धेरैको धेरैको योगदान छ । धेरै अग्रजको समर्पण, त्याग, लगाव र निष्ठा मिश्रित छ । मोफसलको पत्रकारिता इतिहास अध्ययनमा नछुट्ने अर्थात् छुटाउन नहुने एक पात्र हुन् अर्जुन ज्...

असोज ६, २०७९

दैलेख जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन १० वर्षअघि दैलेखका वासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमु...

भदौ २५, २०७९

पहाडको टुप्पोमा छ मुठाचौर । यहाँभन्दा माथि कुनै बस्ती छैन ।  तमानखोला गाउँपालिका–२ मा पर्ने मुठाचौर बागलुङ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्य...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x