
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा अहिले सम्वर्द्धनवादी धार केही कमजोर देखिएको बताएका छन् ।
उनले धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर देखिएको बताएका छन् ।
उनले भनेका छन्,'अन्ततः यही विचार नै राष्ट्रको मुलधार बन्नेछ । गर्व लाग्छ, राप्रपा नेपाल "सम्वर्द्धनवादी" धारलाई प्रतिनिधित्व गर्ने एकमात्र दल हो ।'