०७ साउन २०८३, बिहीबार

जर्मनीमा खाने तेलको अभाव भएपछि पबलाई तेल बेचेर बीयर किन्दै मानिस (भिडियो)

साउन ३, २०७९
जर्मनीमा खाने तेलको अभाव भएपछि पबलाई तेल बेचेर बीयर किन्दै मानिस (भिडियो)

युरोपमा अहिले खाने तेलको अभाव छ । 

रुस–युक्रेन द्वन्द्वका कारण आपूर्ति शृंखलामा समस्या आएकाले युरोपमा खाने तेल पुग्न पाइरहेको छैन । रेस्टुराँ र होटलमा स्थिति निकै खराब छ । उनीहरूले ग्राहकको मागबमोजिमका खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन् । 

यस समस्याको समाधान खोज्नका लागि जर्मनीको एक पबले अनौठो उपाय अपनाएको छ । म्युनिखमा रहेको पत्रले सूर्यमुखी तेल कसैले ल्याएर दिएमा त्यति नै मात्रामा बीयर दिने अफर राखेका छ । 

त्यसपछि मानिसहरू खाने तेल लिएर पब पुगेका छन् । 

रुस र युक्रेन सूर्यमुखी तेलका सबभन्दा ठूला उत्पादक मुलुक हुन् । युद्धअघि यी दुई देशले संसारको ८० प्रतिशतसम्म सूर्यमुखी तेल उपलब्ध गराउने गर्थे । तर युद्धले यस आपूर्तिलाई खलबल्याएको छ । 

म्युनिखको पबले अफर ल्याएपछि धेरै मानिस घरबाट आधा वा एक बोतल तेल लिएर पुगे । तर एकजना चाहिँ युद्धबाट प्रभावित भएका मानिसको सहायताका लागि युक्रेन पुगेका थिए । त्यहाँबाट उनले ८० लिटर सूर्यमुखी तेल ल्याए । त्यति धेरै तेल लिएर पब पुगेका उनले आफ्नो जन्मदिनको पार्टीका लागि ८० लिटर बीयर किने ।
 

कमेन्ट गर्नुहोस्