कात्तिक ६, २०८०
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर दुई हजार ५०.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अङ्कले उकालो लागेर ३९२.५० मा पुगेको छ ।
कूल २१७ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर रु एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैँकिङ ०.६२, व्यापार १२.१७, होटल तथा पर्यटन ९.७५, जलविद्युत् १२.६२ र जीवन बीमा २८.२२ अङ्कले ओरालो लागेको छ ।
त्यस्तै, विकास बैंक ५.३५, वित्त ३१.३६, निर्जीबन बीमा ५६.१९, उत्पादन ६३.४२, अन्य १७.२३, लघुवित्त ७.९९, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४८ अङ्कले उकालो लाग्यो । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब २८ अर्ब ३४ करोड ३६ लाख ५१ हजार ८८३ बराबर भएको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ४२ लाख ५९ हजार ९१७ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु सात करोड ३१ लाख ३६ हजार, आइसिएफसी फाइनान्स रु पाँच करोड ३१ लाख दुई हजार ८२७, गुर्खाज फाइनान्स रु पाँच करोड २२ लाख २९ हजार ७७१ र नेपाल पुनरबीमा कम्पनी रु पाँच करोड दुई लाख २० हजार ९३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स ५.६९, कर्णाली डेभलपमेन्ट बैंक ४.३५, शिवम् सिमेन्ट ३.८७, नेपाल इन्स्योरेन्स कम्पनी ३.७८ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ३.४७ प्रतिशतले कमाएका छन् ।
यस्तै, लक्ष्मी इक्विटी फण्ड ६.३३, इमर्जिङ नेपाल ४.३१, साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र ३.९४, बैंक अफ काठमाडौँको ऋणपत्र ३.७७ र सिभिल बैंकको ऋणपत्रका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाएका छन् ।
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...