२८ जेठ २०८३, बिहीबार

राजनीतिक आस्थाकै आधारमा करारका कमर्चारीलाई सेवाबाट हटाइएको भन्दै प्रदर्शन

राजनीतिक आस्थाकै आधारमा करारका कमर्चारीलाई सेवाबाट हटाइएको भन्दै प्रदर्शन

रूपन्देहीको मर्चवारी गाउँपालिकामा करारका कर्मचारी निकालिएको विरोधमा प्रदर्शन भएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिले राजनीतिक आस्थाकै आधारमा करार, अस्थायी र ज्यालादारी कर्मचारीले सेवाबाट हटाएर आफू निकटका कर्मचारी नियुक्त गरेपछि त्यसको विरोधमा प्रदर्शन भएको हो ।

मर्चवारीका अध्यक्ष गयाप्रसाद बरईले साविकका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नियुक्त गर्न खोजेको भन्दै करारका कर्मचारी तथा पूर्व जनप्रतिनिधिहरूले प्रदर्शन गरेका हुन् । 

५ वर्षदेखि सेवा गर्दै आएका पालिकास्तरका २८ जनालाई कर्मचारीलाई हटाउन खोजेको भन्दै गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन गरेको निवर्तमान पालिका अध्यक्ष केशवनन्द बनियाले बताए ।

प्रदर्शनकारीले कार्यालय अगाडि टायर बालेर नाराबाजी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्