
युवा उमेर ३१ वर्षमै कोही ४८ बच्चाको बुवा बनेको सुन्दा पत्याउन गाह्रो पर्ला तर अमेरिकाका ३१ वर्षीया केल गडीले यसलाई सम्भव बनाएका छन् ।
उनी वीर्य दाता हुन् । आवश्यक भएका व्यक्तिलाई वीर्य दान गरेर उनी प्राकृतिक रूपमा बुवाको बच्चा बन्ने गर्छन् । उनलाई ‘सिरियल स्पर्म डोनर’ पनि भन्ने गरिन्छ ।
उनले वीर्यदान कहिलेसम्म गर्छन् ? ‘जहिलेसम्म महिलाहरूलाई यसको आवश्यकता हुन्छ, तबसम्म वीर्यदान गर्छु,’ उनले भने ।
सन् २०२१ अक्टोबरमा उनी युरोपियन यात्रामा जाँदा एक जोडीलाई वीर्यदान गरेका थिए, जसबाट २ किलो ७०० ग्रामको बच्चा जन्मिएको समाचारमा उल्लेख छ ।
लेखा अधिकृतको काम गर्ने उनले भने, ‘मैले सोच्दा पनि खुशी हुन्छु कि ब्रिटेनमा पनि मेरो बच्चा छ ।’
ब्रिटेनमा रहेको बच्चाकी आमासँग इन्स्टाग्राममार्फत उनको कुराकानी भएको थियो । अर्काे बच्चाका लागि पनि वीर्यदान गरिदिन अनुरोध आएको उनले बताए ।
उनले सन् २०१४ मा पहिलोपल्ट वीर्यदान गरेका थिए । उनले आफूले वीर्यदान गरेका महिलाको ह्वाटस्एप ग्रूप बनाएका छन्, जसमा ४० भन्दा बढी महिला जोडिएका छन् । उनले पहिलो वीर्यदान अमेरिकामै गरेका थिए ।