![यस्तो छ भक्तपुरमा रुखले किचेको बस र घाइतेहरूको अवस्था [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/bkt_2_VEXE41jQ3x.png)
भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा आइतवार रुख ढलेर बस र स्कुटरलाई थिच्दा ३ जनाको मृत्यु भएको छ । सल्लाको रुख ढलेर काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई थिच्दा अन्य १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाएको छ । दुर्घटनापछि देखिएको दृश्यहरू यस्ता थिए ।
तस्वीरहरूः राससबाट



घाइतेहरुको उपचारका बारेमा जानकारी लिँदै प्रहरी अधिकारीहरु