३१ असार २०८३, बुधबार

एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई तत्काल पठाउन माधव नेपालको आग्रह

एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई तत्काल पठाउन माधव नेपालको आग्रह
फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । 

आइतवार काठमाडौंमा आयोजित ‘विश्वको भू–राजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै प्रधानमन्त्री देउवालाई भेटेर एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरेको उनले बताए ।

‘हामी आफ्नो देशको हितको निम्ति सजग हुनुपर्ने आवश्यक्ता छ । विडम्बना भनौं कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री भएको बेलामा एमसीसीलाई नेपालमा भित्र्याइयो । त्यस मार्फत, आईपीएसमा जोडिने स्थितिमा पनि पुग्यो’, नेपालले भने । 

आफूहरूले बुद्धिमत्तापूर्वक एमसीसीलाई पार लगाएको नेपालको दाबी छ । ‘एमसीसी आर्थिक सहयोगको सम्झौताबाहेक अरु किसिमको सम्झौता हुन्छ भने हामी त्यसलाई स्वीकार गर्दैनौँ । त्यस्तो भयो भने हामी ३० दिनको सूचना दिएर हामी त्यहाँबाट बाहिरिन्छौँ भनेका छौँ’, नेपालले भने । 

एसपीपीको सम्बन्धमा पनि गुमराहमा राख्ने प्रयास भएको नेपालले बताए । ‘एसपीपी सम्झौंता भएको कि भएन, थाहा नै भएन । पछि त भइसकेको रहेछ । नेपालले चिठी पठाएको रहेछ । त्यो पनि आर्मीले नै पठाएको रहेछ । आर्मीले पठाउनै नहुने । त्यो पनि सरकारको स्वीकृति लिएर पठाएको रहेछ । त्यो पनि कम्युनिष्ट पार्टीको प्रधानमन्त्री भएको बेलामा । विडम्बना होइन ?’, नेपालले भने । 

त्यसबेला प्रधानमन्त्री देउवालाई दबाब दिएर एसपीपी सम्झौता रोक्न सफल भएको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्