
पछिल्लो २४ घण्टामा देशभर ३ सय ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८८८ नमूना परीक्षण गर्दा ३ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार ३६० नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ३ जनामा र १ हजार ५ सय २८ एण्टीजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७७ पुगेको छ । त्यसमध्ये ३ हजार ३५ जना होम आइसोलेसनमा, १ सय ४२ जना संस्थागत आइसोलेसन र २२ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ९५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।