३० जेठ २०८३, शनिबार

सल्लाघारी दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत

सल्लाघारी दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत

भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा मृत्यु भएका ३ जनाको सनाखत भएको छ । 

मृत्यु हुनेहरूमा भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय विशेष खर्बुला, सर्लाहीको हरिवन घर भएका ४५ वर्षीय राजकुमार भुजेल र भक्तपुर–२ घर भई चाँगुनारायण बस्ने वर्ष ५५ का न्हुच्छेराम बखते छन् ।

यस्तै दुर्घटनामा १२ जना घाइते भएका छन् । 

घाइते हुनेहरूमा कञ्चनपुर घर भई स्वयम्भु बस्ने ४१ वर्षीय निर बहादुर राई, पर्वत जलजला–७ घर भई संखमुल बस्ने १९ वर्षीय समिर आचार्य, पाँचथर घर भई भक्तपुर सल्लाघारी बस्ने १२ वर्षीय मृगि लिम्बु, पाँचथर घर भई भक्तपुर बस्ने आसरा लिम्बु, पवर्तको फलेबास घर भएका सागर शर्मा, भक्तपुर–७ बस्ने १८ वर्षीय सिमरन लगेजु,  भक्तपुर नगरपालिका–८ बेला बस्ने ४८ वर्षीया लक्ष्मी दुवाल,  भक्तपुरको कमलबिनायक बस्ने १९ वर्षीय रितेश बासुकला रहेका छन् । 

यस्तै भक्तपुर चाँगुनारायण बस्ने १८ वर्षीया निता लिगल, ६८ वर्षीय पदम बहादुर हेतु, बस चालक २२ वर्षीय होमबहादुर मगर र सहचालक सर्लाही घर भएका १६ वर्षीय आकाश वाइवा रहेका छन् । 

आइतवार दिउँसो  काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा२ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा६१च नम्बरको स्कुटीलाई माथिबाट सल्लाको रुख ढलेर च्यापेको थियो ।

घाइतेहरूको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्