२२ जेठ २०८३, शुक्रबार

गुडिरहेको स्कुटरलाई सिसौको रुखले किच्दा चालकको मृत्यु, पछाडी सवार घाइते

गुडिरहेको स्कुटरलाई सिसौको रुखले किच्दा चालकको मृत्यु, पछाडी सवार घाइते

सुनसरीको बराहक्षेत्र नगरपालिका ९ मा सिसौको रुखले गुडिरहेको स्कुटरलाई किच्दा चालकको मृत्यु भएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा आइतवार दिउँसो गुडिरहेको प्र. १. ०२– ०४४ प ६६८१ न. को स्कुटरलाई सिसौको रुख भाँच्चिएर किचेको थियो । 

उक्त दुर्घटनामा स्कुटर चालक धरान उपमहानगरपालिका ११ का २८ वर्षीय धिरज तामाङको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । रुखले किचेका उनको घटनास्थलमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा स्कुटरको पछाडि सवार धरानकै २८ वर्षीय संगेन्द्र बिष्ट घाइते भएका छन् । उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्