११ साउन २०८३, सोमबार

राष्ट्रिय सभामा नागरिकतासम्बन्धी विधेयकबारे छलफल शुरू

राष्ट्रिय सभामा नागरिकतासम्बन्धी विधेयकबारे छलफल शुरू

प्रतिनिधि सभाबाट गत शुक्रवार बहुमतले पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभामा टेबुल भएको छ । 

राष्ट्रियसभाको सोमवारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकसहित दुईवटा विधेयक टेबुल गरिएको हो । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई सभासमक्ष टेबुल गरेका हुन् ।

सचिव फुँयालले  राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभा पठाइएका ‘नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष पेश गरेका थिए  । 

त्यस्तै, बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाई विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधेयन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । पहिलो बैठक १० मिनेटका लागि स्थागित भएर दोस्रो बैठक शुरू भएको छ । 

अहिले बैठकमा नागरिकता विधेयकमाथि छलफल जारी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्