२२ असार २०८३, सोमबार

न्यायाधीश–अधिवक्ता घुस वार्ता प्रकरण : अडियोको आवाज आफ्नो नभएको पोखरेलको जवाफ

न्यायाधीश–अधिवक्ता घुस वार्ता प्रकरण : अडियोको आवाज आफ्नो नभएको पोखरेलको जवाफ
प्रतिकात्मक तस्वीर

काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच घुस लेनदेनको विषयमा कुराकानी भएको भनेर सार्वजनिक भएको अडियोमा रहेको आवाज आफ्नो नभएको जवाफ अधिवक्ता पोखरेलले दिएका छन् ।

नेपाल कानून व्यवसायी परिषद्ले सोधको स्पष्टीकरणको जवाफ दिँदै पोखरेलले आफ्नो आवाज नभएको दाबी गरेका हुन् ।

पोखरेलले आइतवार जवाफ दिएको परिषद्का वरिष्ठ प्रशासकीय अधिकृत विदुरप्रसाद सापकोटाले जानकारी दिए ।

परिषद्मा जवाफ प्राप्त भएपछि अब अनुशासन समितिको बैठक बसेर अर्काे स्पष्टीकरण सोध्ने तयारी रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्