२८ जेठ २०८३, बिहीबार

टर्कीले अबैध अफगान आप्रवासीहरूलाई काबुल फर्काउँदै

साउन ९, २०७९
टर्कीले अबैध अफगान आप्रवासीहरूलाई काबुल फर्काउँदै

टर्कीले जबरजस्ती देश निकाला गरेपछि २१५ कागजातविहीन अबैध  अफगान आप्रवासीहरूलाई आज इस्तानबुलबाट काबुल पठाइदैछ। 
अवैध आप्रवासीहरूलाई उत्तरपश्चिम टर्कीको इडिर्नबाट इस्तानबुलमा सारिएको थियो । खामा प्रेसले टर्कीको राज्य-संचालित एनाटोलियन एजेन्सीलाई उद्धृत गर्दै सो बारे जानकारी दिएको छ ।

टर्की माइग्रेसन म्यानेजमेन्ट डाइरेक्टरेटको प्रतिवेदन अनुसार सन् २०२२ को शुरुदेखि टर्कीका अधिकारीहरूले लगभग २८,००० कागजातविहीन आप्रवासीहरूलाई टर्कीबाट निर्वासित गरेका छन् ।  यो आँकडामा यस्ता घटना सन् २०२१ देखि ७० प्रतिशतले वृद्धि भएको देखाउँछ।

टर्की गृह मन्त्रालयका अनुसार जनवरी २७ बाट अफगानिस्तानका लागि उडान शुरु भएदेखि टर्कीले १८,२५६ भन्दा बढी अफगान नागरिकलाई अफगानिस्तान पठाएको छ।
अनियमित आप्रवासीहरूले गैरकानूनी रूपमा देशमा प्रवेश गरेको, भिसा र रेसिडेन्सी कानून तोडेको, अनुमति बिना काम गरेको, विभिन्न किसिमका ठगीका घटनामा संलग्न रहेको र सार्वजनिक सुरक्षालाई खतरामा पारेको  आप्रवासन व्यवस्थापन निर्देशनालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्