१६ असार २०८३, मंगलबार

नेपाली पत्रकारिताको इतिहासमै पहिलो पटक ज्येष्ठ पत्रकार वृत्ति वितरण प्रारम्भ

नेपाली पत्रकारिताको इतिहासमै पहिलो पटक ज्येष्ठ पत्रकार वृत्ति वितरण प्रारम्भ

नेपाली पत्रकारिताको इतिहासमा ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरेको हो । पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका पत्रकार त्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पदमभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको छ । 

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त वृत्ति रकमबापतको चेक प्रदान गरेर ज्येष्ठ पत्रकार वृत्ति वितरणको प्रारम्भ गरेका हुन् । पहिलो वृत्ति पाउने ७६ वर्षीया पत्रकार अर्याललाई रु पाँच हजार, पाण्डेलाई रु सात हजार र ७७ वर्षीय खरेललाई रु १० हजार प्रदान गरिएको हो । उनीहरुलाई साउन महिनादेखि हरेक महिना बैंक खातामा जम्मा हुनेगरी वृत्ति रकम उपलब्ध गराइने सूचना तथा प्रसारण विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्