साउन २७, २०७९
धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिर समेत निर्यात हुन थालेको छ । जिल्लामा वर्षभरमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रह...
विराटनगर | साउन १०, २०७९
धरानको निशाने खोलामा पुग्दा तराईको प्रचण्ड गर्मीमा कोही हातले पसिना पुछ्दै गिट्टी कुट्दै थिए भने कोही बालुवा ओसार्न व्यस्त थिए । कोही बल गरी गरी खोलाको बगर खनिरहेका थिए ।
स्थानीयले यसरी दुःख गरेको महिनौं दिन बितिसक्यो । पकुवा खोलामा २८ दिन यसरी दुःख गरेपछि अहिले धरानकै निशाने खोलामा काम गर्दैछन् ।
वर्षाैंदेखि खानेपानी अभाव खेपेका धरानका जनताले विगत १० वर्षदेखि खानेपानीको मुद्दा उठाउने हर्क साम्पाङलाई स्थानीय चुनावमा नगर प्रमुख जिताए । साम्पाङले चुनाव जितेपछि सामाजिक सञ्जालमा खानेपानी ल्याउनका लागि श्रमदान गर्न आह्वान गरे । उनको आह्वानलाई सहर्ष स्वीकार गरेर सयौं जनता दैनिक श्रमदान गरिरहेका छन् । जनतासँगै मेयर साम्पाङ पनि समय निकालेर काम गरिरहेका हुन्छन् ।
साम्पाङको चुनावी अभियानमा खट्ने मात्रै होइन, उनलाई भोट नहाल्ने पनि अहिले श्रमदानमा खटिएका छन् । श्रमदान मात्रै होइन, खानेपानीका ट्यांकी बनाउन चाहिने रड, सिमेन्ट, पाइप लगायतका सामग्री समेत जनताले नै किन्ने गरेका छन् ।
शनिवार बिहानैदेखि साँझ ५ बजेसम्म नै मेयर साम्पाङ जनतासँगै खट्छन् भने अरु बेला बिहान–साँझ समय निकालेर जान्छन् । ‘यस्तो गर्मीमा मेयर सा’प त हाम्रा लागि भनेर हामीसँगै आएर काम गर्नुहुन्छ ।
पुराना मेयर सा’पहरू जस्तै उहाँ पनि घुम्ने कुर्सीमा बसेर एसीको चिसो खाँदै बस्नुभएको हुन्थ्यो । उहाँ आफैं काममा खटेको देखेपछि मनले मानेन र म पनि श्रमदान गर्न आएँ,’ निशाने खोला किनारमा गिट्टी कुट्दै गरेकी अस्मिता राईले पसिना पुछ्दै भनिन् । उनी महेन्द्र बहुमुखी क्याम्पस धरानमा पढिरहेकी छन् । बीपी पार्कमा जम्मा भएर नगरवासीहरू कुटो, कोदालो लगायत सामग्री लिएर उकालो चढ्छ ।
‘मेरो सानो सहयोगले धराने जनताका धारामा पानी पुगोस्’ भन्ने लक्ष्य लिएर श्रमदान गर्न निस्केको पार्कदेखि केही मास्तिर भेटिएकी ५३ वर्षीया बागमती राईले बताइन् । उनले टाउकोमा बालुवाको बोरा बोकेकी थिइन् भने साइडमा एउटा सानो झोला । त्यो झोलामा गिट्टी कुट्नका लागि मार्ताेल समेत बोकेकी थिइन् ।
२८ दिनसम्म पकुवा खोलामा गरेको मेहनत सफल भएपछि उनीहरू यति बेला ‘निशाने खोला प्रोजेक्ट’ नाम दिएर काम गरिरहेका छन् । पखुवा खोलाबाट दैनिक ५ लाख लिटर खानेपानी ट्यांकीमा थपिएको बताइएको छ । ३ इन्चको पाइपबाट २४ घण्टा नै पकुवाको पानी धरानको खानेपानी आयोजनामा थपिएको छ ।
‘घरमा बस्दा काम हुँदैन्थ्यो । चोकमा गयो, चिया खायो, लुडो खेलेर दिन कटाउनेबाहेक केही काम गरिँदैन्थ्यो । मेयर सा’पले आह्वान गरेपछि अहिले मेरो दिनचर्या नै खोलामा बितिरहेको छ । घरमा पनि गाली गर्नुहुन्थ्यो, अहिले काम गएर फर्केको देखेपछि सबैले ताली बजाउनुहुन्छ,’ राम लिम्बुले भने ।
सामाजिक सञ्जालमा बेथितिको कडा प्रतिवाद गर्ने मेयर साम्पाङ अहिले जनताका आशाका रूपमा देखिएका छन् । धरानका मेयर हर्कको अभियानमा साथ दिन धरानको निशाने खोलामा श्रमदान गरिरहेका छन् स्थानीय ।
धरानमा रहेको पानीको समस्या समाधानका लागि धरान आसपासका खोलाबाट पानी संकलन गरेर जनताको आवश्यकता पूरा गर्ने लक्ष्यसहित मेयर साम्पाङले थालेको अभियानले यतिबेला सार्थकता पाउन थालेको छ । विभिन्न देशमा कर्मथलो बनाएका धराने जनताको मेयर साम्पाङलाई सबैभन्दा बढी साथ छ ।
सामाजिक सञ्जाल फेसबूकमा अहिले पनि सक्रिय रहने मेयर साम्पाङ दिनहुँ भिडिओ अपलोड गर्ने गर्छन् भने स्ट्याटस पनि लेखिरहेका हुन्छन् । बजारको फोहोर टिप्नेदेखि वृक्षरोपण अभियान समेत साम्पाङले चलाइरहेका छन् । धरानमा बजारभित्र नै बाँदरको ठूलो आतंक छ । ती बाँदरका लागि जंगलमै फलफूल रोपेर जंगलमै रोक्ने योजनामा उनी रहेका छन् ।
मेयर साम्पाङको विरोध गर्नेहरू पनि धरानमा धेरै छन् । उनका विपक्षीले खोलामा ढुंगा बोक्नका लागि धराने जनताले मेयर नबनाएको भनेर विरोध गर्ने गरेका छन् तर मेयर साम्पाङले सामाजिक सञ्जालबाट नै विरोधीलाई जवाफ दिने गरेका छन् । ‘आज फेरि ढुंगा बोक्न जाँदैछु, लु विरोध शुरू गरौं’ भनेर सामाजिक सञ्जालमा लेख्ने गरेका छन् । विद्युत् महशुल कम गर्नका लागि पनि आफूले यस्तो योजना सारेको मेयर साम्पाङ बताउँछन् ।
उनको अभियानलाई धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले पनि सहयोग गरेका छन् । उपमेयर बेघाले पनि समय निकालेर श्रमदान गर्ने गरेका छन् ।
धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिर समेत निर्यात हुन थालेको छ । जिल्लामा वर्षभरमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रह...
देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुल समेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग २ वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्...
नेपाली बजारमा २ वर्ष अघिदेखि आएको ‘हट एण्ड स्पाइसी’ (पीरो) चाउचाउले अहिले बजार पिटिरहेको छ । तयारी ‘नूडल्स’ खाने नेपाली बानीमा स्पाइसीले नयाँ स्वाद थपेको छ । मुलुकका ग्रामीण भेग...
काठमाडौंका अधिकांश पुलहरू डम्पिङ साइटमा परिणत भएका छन् । सिसडोल क्षेत्रमा निर्माणाधीन सडक तथा स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर लैजान नसकेको बहानामा करीब ३ महिनादेखि पुलमुनि फोहोर थुपार्न थालिए...
रूपन्देहीको देवदहकी सरू अधिकारीको बुटवलमा १४६ सदस्यीय परिवार छ । अविवाहित सरू वृद्धवृद्धादेखि साना बालबालिकाकी अभिभावक/अभियान्ता हुन् । मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक अधिकारी सडकबाट उद्धार गरेर आश्...
पाँच वर्ष अघिसम्म ड्रागन फल आमनेपालीका लागि नौलो थियो । विदेश घुमेका र शहरमा बस्ने उच्च वर्गले मात्र यो फलको बारेमा जानकारी पाएका थिए । आमजनतालाई यो फलबारे न जानकारी थियो, न किन्ने पहुँच । जब एकजन...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...