०५ असार २०८३, शुक्रबार

बाँकेमा गडरिया दम्पती मृत फेला, हत्याको आशंका

बाँकेमा गडरिया दम्पती मृत फेला, हत्याको आशंका

बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुरमा मंगलवार एक दम्पत्ती मृत अवस्थामा फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पत्नी मञ्जु गडरिया घरभित्र र पति कृष्ण गडरिया घर बाहिर मृत भेटिएका हुन् । बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले मंगलवार बिहान उनीहरू मृत अवस्था फेला परेको जानकारी दिए ।

उनीहरूको कसैले हत्या गरेको प्रहरीले आशंका गरेको छ । घटनाको प्रारम्भिक अवस्था हेर्दा हत्या भएको हुनसक्ने प्रवक्ता न्यौपानेले बताए । मृतक दम्पतीको शरीरमा चोट देखिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्