०६ साउन २०८३, बुधबार

दुई दिनको उकालो यात्रापछि पुनः शेयर बजार आरोलो लाग्यो, एकैदिन ४४ अंकले घट्यो

दुई दिनको उकालो यात्रापछि पुनः शेयर बजार आरोलो लाग्यो, एकैदिन ४४ अंकले घट्यो

शेयर बजार मापक सूचक नेप्से परिसूचक मंगलवार एकैदिन ४४.८० अंकले घटेको छ । बजार २.१० प्रतिशतले घटेर २०८८.१६ विन्दुमा झरेको छ । आइतवार र सोमवार लगातार बढेर २१३२ विन्दुमा पुगेको नेप्से परिसूचक मंगलवार भने घटेको छ । 

बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा मल्टिपर्पोज फाइनान्स कम्पनी रहेको छ । यसको शेयर मूल्य ९.३२ अंकले बढेको छ । मंगलवार गुमाउनेमा भने गणपति लघुवित्तको ६.८२ प्रतिशतले शेयर मूल्य घटेको छ । 

नेप्सेमा सूचीकृत कम्पनीमध्ये आज २२२ कम्पनीको ८७ लाख कित्ता शेयरको ६० हजार पटक कारोबार भएको छ । यसबाट कुल ३ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ । 

बजार घटेको दिन सबैभन्दा बढी कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । यसको २११७ पटकबाट १९ करोड ३६ लाख रुपैयाँको कारोबार गरेको छ ।  
 

कमेन्ट गर्नुहोस्