१४ असार २०८३, आइतबार

तीन वर्षमा ३३९ जना हराए, २२ जना अझै सम्पर्कविहीन

तीन वर्षमा ३३९ जना हराए, २२ जना अझै सम्पर्कविहीन

पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा ३३९ जना हराएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि ०७८/७९ सम्म उक्त संख्यामा महिला, बालक, बालिका र वृद्ध हराएका हुन् । हराएकामध्ये पनि २२ जना अझै भेटिएका छैनन् । बाँकी ३२४  जना सम्पर्कमा आएका थिए । आर्थिक वर्ष ०७६/७७ मा ६९ महिला, सात बालक, २१ बालिका र वृद्ध गरी कुल १०८ जना हराएका थिए । हराएकामध्ये सबै सम्पर्कमा आएका थिए । 

आर्थिक वर्ष ०७७/७८ मा ७३ महिला, पाँच बालक, १० बालिका र चार वृद्ध गरी कूल ९२ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये चार महिला, एक बालक र दुई वृद्ध गरी सातजना अझैसम्म पनि नभेटिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै आव ०७८/७९ मा ९५ महिला, ११ बालक, ३० बालिका र तीन वृद्ध गरी एक सय ३९ जना हराएका थिए । तीमध्ये १० महिला, नौ बालक र तीन बालिका गरी १५ जना अझैसम्म पनि नभेटिएको उक्त कार्यालयका सूचना अधिकारी (डिएसपी) माधवराज खरेलले जानकारी दिए । हराएकामध्ये अधिकांश १७ देखि ४० वर्षसम्मका महिला थिए । 

श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना धेरै हुने गरेको उनले बताए । त्यसका साथै घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्नेलगायत कारणले महिलाहरू हराउने गरेको पाइएको छ । 

यस्तो समस्या समाधानका लागि स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, महिलाहरूलाई आत्मनिर्भर बनाउनेलगायत कार्य गरिए मानिस हराउने संख्यामा कमी आउने सूचना अधिकारी खरेलको भनाइ थियो । हराएका मानिसहरू पत्ता लगाउनका लागि उनीहरूको मोबाइल, फेसबुक, इन्टरनेटका साथै देशका अन्य ठाउँका प्रहरीलगायत स्रोतहरू परिचालन गरिएको गरिएको पनि उनले जानकारी दिए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्