२७ जेठ २०८३, बुधबार

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमणमा पुनः वृद्धि

साउन ११, २०७९
दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमणमा पुनः वृद्धि

दक्षिण कोरियाले कोभिड–१९ सङ्क्रमण दर बढेको र पछिल्लो २४ घण्टाको अवधिमा थप एक लाख २८५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

यससँगै यहाँ अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको कूल संख्या एक करोड ९४ लाख ४६ हजार ९४६ पुगेको स्वास्थ्य अधिकारीहरूले बुधबार बताए । 

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) अनुसार दैनिक सङ्क्रमण भार अघिल्लो दिन ९९ हजार ३२७ रहेकोमा यो सङ्ख्यामा वृद्धि भई एक लाख २८५ पुगेको छ । एक हप्ताअघि यो सङ्ख्या ७६ हजारभन्दा बढी थियो । गत हप्ता पुष्टि गरिएका घटनाहरूको दैनिक औसत संख्या ७२ हजार ७३५ रहेको थियो ।

नयाँ सङ्क्रमितमध्ये विदेशबाट आएका ५३२ जनामा सङ्क्रमण देखिएको बताइएको छ । यहाँ गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनभन्दा नौ जना बढेको र कूल १७७ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा थप २५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । योसँगै यहाँ कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ९३२ पुगेको छ भने अहिलेसम्म मृत्युदर ०.१३ प्रतिशत रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्