२५ जेठ २०८३, सोमबार

प्रदेश सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका पन्थी निर्विरोध

प्रदेश सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका पन्थी निर्विरोध

लुम्बिनी प्रदेश सार्वजनिक लेखा समितिको सभापतिमा सांसद विष्णु पन्थी निर्विरोध भएका छन् । उनी नेकपा एमालेका कपिलवस्तुबाट निर्वाचित सांसद हुन । यस अगाडि लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी मन्त्री भएसँगै समिति रिक्त थियो । 

प्रदेशसभा सचिवालयका सचिव दुर्लवकुमार पुनमगरले समितिको सभापतिमा पन्थीको मात्र मनोनयन दर्ता भएपछि निर्विरोध भएको लोकान्तरलाई बताए । यसको औपचारिक घोषणा बिहीबार हुनेछ । प्रदेशसभाका चार वटा समिति एक वर्षदेखि रिक्त थिए ।

 त्यस्तै सामाजिक विकास समितिको सभापतिमा बाबुराम गौतम,  कृषि वन तथा वातावरण समितिको सभापतिमा र अर्थ उद्योग तथा पर्यटन समितिको सभापतिमा तारा जिसीको मनोनयन दर्ता भएको छ । गौतम र भुसाल एमालेका सांसद हुन भने, जिसी राष्ट्रिय जनमोर्चाकी सांसद हुन । रिक्त रहेका समितिले भोलि पूर्णता पाउने सचिव पुनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्