
लुम्बिनी प्रदेश सार्वजनिक लेखा समितिको सभापतिमा सांसद विष्णु पन्थी निर्विरोध भएका छन् । उनी नेकपा एमालेका कपिलवस्तुबाट निर्वाचित सांसद हुन । यस अगाडि लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी मन्त्री भएसँगै समिति रिक्त थियो ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लवकुमार पुनमगरले समितिको सभापतिमा पन्थीको मात्र मनोनयन दर्ता भएपछि निर्विरोध भएको लोकान्तरलाई बताए । यसको औपचारिक घोषणा बिहीबार हुनेछ । प्रदेशसभाका चार वटा समिति एक वर्षदेखि रिक्त थिए ।
त्यस्तै सामाजिक विकास समितिको सभापतिमा बाबुराम गौतम, कृषि वन तथा वातावरण समितिको सभापतिमा र अर्थ उद्योग तथा पर्यटन समितिको सभापतिमा तारा जिसीको मनोनयन दर्ता भएको छ । गौतम र भुसाल एमालेका सांसद हुन भने, जिसी राष्ट्रिय जनमोर्चाकी सांसद हुन । रिक्त रहेका समितिले भोलि पूर्णता पाउने सचिव पुनले जानकारी दिए ।