२८ जेठ २०८३, बिहीबार

यी क्षेत्रमा भारी वर्षा

यी क्षेत्रमा भारी वर्षा

बिहीवार बिहान बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

साथै देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको  आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

बिहीवार रातिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।

दिउँसो तथा रातिसम्म पनि  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्