२६ असार २०८३, शुक्रबार

इराकमा संसद भवनमै छिरे प्रदर्शनकारी, कोहीले नाचगान गरे, कोही टेबलमै सुते !

साउन १२, २०७९
इराकमा संसद भवनमै छिरे प्रदर्शनकारी, कोहीले नाचगान गरे, कोही टेबलमै सुते !

इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन् ।

धर्मगुरु मुक्तदा अल–सदरका समर्थकले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा संसद भवनमै प्रवेश गरेर प्रदर्शन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार एजेन्सीहरूले जनाएका छन् ।

संसद भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलमा नै सुतेको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको छ ।

प्रदर्शनकारी प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल–खादिमीले प्रदर्शनकारीलाई संसद् भवन छोड्न आग्रह गरेका छन् । 

त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण नयाँ सरकार गठन हुन सकेको छैन ।

गएको अक्टोबरमा भएको चुनावमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्